स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । संस्थाको २४ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो ।
इप्पानको विधानमा भएको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्षमा चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्माचार्य, विक्रम न्यौपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सविना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुवेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल निर्वाचित भएका छन् । कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ । धेरै पद निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो । कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् । बस्यालले २६७ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरे ।
यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिमा ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यतर्फ भरत मणि छत्कुली, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, वर्णन लामिछाने र अनुप आचार्य निर्वाचित भएका छन् भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोषराज नेपाल, इन्दिरा पन्त र सोमनाथ कँडेललाई सदस्यमा नियुक्त गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस