Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा आवश्यक कदम चाल्छौँ - प्रवक्ता पोखरेल

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, १६ : १३ मा प्रकाशित

नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा आवश्यक कदम चाल्छौँ - प्रवक्ता पोखरेल

सरकारले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा आवश्यक कदम चाल्ने बताएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताएका हुन् ।

‘सुस्तामा नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयले यससम्बन्धी आवश्यक कदम चाल्ने छ ।’ आज सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि विवाद भएको थियो । सीमा पार गरेर उनीहरू नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको