अर्थ संसार, सिन्धुली–  सिन्धुलीको गोलन्जोर ३ ग्वाल्टारमा १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
रोड टु हेल्थको आयोजना तथा भेनस हस्पिटल बानेश्वरको आर्थीक सहयोगमा १  दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।  
१ दिने बृहत निशुल्क स्वास्थ्य शिविरमा ग्यास्टिक, पितथैलीकको चेकजाँच, फिसटुला,स्त्रि रोग,पाईल्स,हर्नीया, हाडोसिल,ब्लड प्रेसर, सुगर अल्टासाउन्ड तथा जेनेरल सर्जरी  गरिएको डा.नविन पोख्रेलले जानकारी दिन भयो ।
डा पोख्रेलका अनुसार १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको हो ।
डा.नविन पोख्रेल,डा.स्निग्धा राइर्, डा.अनिता लामा र डा. प्रविण वस्नेतलगायत  विभिन्न विधाका ४ जना डाक्टरहरुले १ दिने  बृहत निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा दिएका आयोजक रोड टु हेल्थ ग्वाल्टारले जनाएको छ । 
गोलन्जोर ३ ग्वाल्टारमा भएको शिविरको गोलन्जोर गाउँपालीकाका अध्यक्ष पुष्प बहादुर कार्कीले उद्घाटन  गर्न‘ भएको रोड टु हेल्थका अध्यक्ष डा.नविन पोखे्रलले  जानकारी दिनु भयो ।
१ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका गरी ३ सय ११ जनाले स्वास्थ्य लाभ लिएका आयोजकले जनाएको छ ।
मृगौलाको तथा पितथैलीको पत्थरी भएका ७ जनाको अप्रेसनका लागि सिफारीस गरिएको डा. पोख्रेलले जानकारी दिनु भयो ।
शनिबार १२ बजेबाट सुरु भएको बृहत स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या भएका  महिलाहरुको संख्या पनि धेरै रहेको आयोजकले बताएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस