Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् नियमन आयोग अध्यक्षका लागि सात जना सर्टलिस्टमा,असार ६ गते अन्तर्वार्ता

अर्थ संसार

विहीबार, ०४ असार २०८३, १२ : ०२ मा प्रकाशित

विद्युत् नियमन आयोग अध्यक्षका लागि सात जना सर्टलिस्टमा,असार ६ गते अन्तर्वार्ता

विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि दरखास्त दिएका उम्मेदवारहरूमध्ये सात जना अन्तिम चरणका लागि छानिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिस समितिले बुधबार एक सूचना जारी गर्दै न्यूनतम शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजना मूल्यांकनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरूको नाम अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि सार्वजनिक गरेको हो।

छनोट हुनेहरूमा केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसूदन अधिकारी, डा. भोलानाथ शर्मा घिमिरे र नारायणप्रसाद सापकोटा रहेका छन्।  समितिले सार्वजनिक गरेको सूचनाअनुसार उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ६ गते सञ्चालन हुनेछ।

अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। विद्युत् नियमन आयोगको अध्यक्ष पद ऊर्जा क्षेत्रको नियमन, नीति कार्यान्वयन तथा विद्युत् बजार व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी भएको पदका रूपमा हेरिन्छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको