विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि १५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ। विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले अध्यक्ष पदका लागि ६ जना र सदस्य पदका लागि ९ जनाको नाम छनोट गरेको हो।
अध्यक्ष पदका लागि सर्टलिस्टमा पर्नेहरूमा ललितपुरका केशवध्वज अधिकारी, सिन्धुपाल्चोकका डा. रामप्रसाद धिताल, काठमाडौँका मधुप्रसाद भेटुवाल, काठमाडौँकै मोतीबहादुर कुँवर, काठमाडौँका डा. मधुसुधन अधिकारी र गोरखाका डा. भोलानाथ शर्मा घिमिरे रहेका छन्।
त्यस्तै, आयोगको सदस्य पदका लागि ९ जनाको नाम सर्टलिस्टमा परेको छ । जसमा निरज्वल बस्नेत (उदयपुर),रुद्रप्रसाद सिटौला (काठमाडौँ),जयराज भण्डारी (काठमाडौँ), लोकराज पाठक (काठमाडौँ), बलराम सिलवाल (धादिङ), विज्ञानप्रसाद श्रेष्ठ (काठमाडौँ), अर्जुनकुमार गौतम (भक्तपुर), नरेन्द्रसिंह भण्डारी (काठमाडौँ) र नारायणप्रसाद सापकोटा (भरतपुर) रहेका छन् । व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू छनोटमा परेका हुन् । आयोगमा एक अध्यक्षसहित ५ पदाधिकारी छनोट गर्नुपर्नेछ । अध्यक्षसहित ५ जना छनोट गर्नुपर्नेमा अहिले १५ जना उम्मेद्वार सर्टलिस्टमा परेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस