अर्थ संसार, सिन्धुली– सिन्धुलीमा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी चेकजाँचमा कडाई गरेको हो । विपि राजमार्गमा गरिएको चेक जाँचमा ५३ सवारी कारवाहीमा परेका छन् ।
विपि राजमार्ग अन्र्तगत सिन्धुली सडक खण्डमा दुर्घटना बढेको भन्दै विगत केही समय देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी चेक जाँचमा कडाँइ गरेको छ ।
सवारी चेकजाँचमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरीले तिब्र गतिमा चलाएको ४६ वटा सवारीलाई कारवाही गरेको कार्यालय प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक चन्द्रफाजु श्रेष्ठले जानकारी दिनुभयो ।
चेकजाँचका क्रममा सवारी कागजात, सवारि चालक अनुमत्रि पत्र, नभएका तथा हेल्मेट नलगाई मोटरसाईकल चलाउने ७ वटा सवारीलाई कारवाही गरिएको छ ।
सिन्धुलीको भिमान, शिवनगर चोक, खुर्कोटको माथिल्लो बारा र नेपालथोकमा सवारी चेकजाँच गरिएको श्रेष्ठले जानकारी दिनु भयो  । सो चेकजाँचमा ट्राफिक प्रहरीले नियम विपरित चलेका सवारी तथा तिव्र गतिमा चलेका सवारी चालक उपर कारवाही गर्दै गरेको हो ।
ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई सदैव निरन्तरका साथ फरक–फरक समय र फरक–फरक स्थानमा चेकजाँच, आकस्मिक चेकजाँच तथा निरन्तर चेकजाँच गर्दै आएको छ ।
विगतको समयमा दैनिक एक सय भन्दा बढि सवारी तिव्रगतिमा चलाईएका आधारमा कारवाहीमा पर्ने गरेको र अहिले त्यो संख्या घट्दै गएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी बताउनु भयो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस