प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकबारे जानकारीसहितको एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। शनिबार सार्वजनिक गरिएको उक्त भिडियोमार्फत उनले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेका छन्।
प्रधानमन्त्री शाहले भिडियोमा मकालु बेस क्याम्प यात्राका लागि आवश्यक सबै विवरणहरू समावेश गरेका छन्, जसमा ट्रेकिङ मार्ग, प्राकृतिक सौन्दर्य र यात्राको अनुभव समेटिएको छ। साथै, उनले यस ट्रेकका लागि १७ दिनको विस्तृत यात्रा तालिका समेत प्रदान गरेका छन्।
उक्त क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हिमाली दृश्यावलोकनका दृष्टिले नेपालको महत्वपूर्ण पर्यटकीय सम्पत्ति भएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । ४ हजार ८७० मिटर उचाइमा रहेको मकालु बेस क्याम्पमा मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क तथा मकालु बेस क्याम्पका मनोरम दृश्यहरू प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई उक्त क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन् ।
यसअघि पनि प्रधानमन्त्री शाहले अपी हिमाल बेस क्याम्पको भिडियो शेयर गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस