Like us!
Follow us!
Connect us!
Watch us!

विद्रोहको लोकतान्त्रिक आवाज रास्वपा बनेको छ : स्वर्णिम वाग्ले

अर्थ संसार

आइतबार, ०७ असार २०८३, १६ : ०२ मा प्रकाशित

विद्रोहको लोकतान्त्रिक आवाज रास्वपा बनेको छ  : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी आम नागरिकको बलियो लोकतान्त्रिक आवाज बन्न सफल भएको दाबी गरेका छन्। पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन्।

‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो,’ उनले भने, ‘जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्कन थाल्यो त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो । त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा । विगतका आन्दोलनले नेपालमा लोकतन्त्र ल्याए। संविधान ल्याए । समावेशीताको आधार तयार भयो । ती उपलब्धीको हामी सम्मान गछौं । अब लोकतन्त्रको संस्थागत गुणस्तर माथि उकास्नुपर्नेछ । धेरै माथि उठाउनुपर्नेछ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको