अर्थ संसार, पर्सा– पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी १७ वर्षीय युवकको मृत्यु भएको छ ।
गाउँपालिका वडा नं ५ महुवन नजिकै ना१त ८८३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा ना५१प २७७ नंको मोटरसाइकलमा सवार रहेका स्थानीय रत्न साह कलवारको मृत्यु भएको हो ।
बालुवा ढुवानी गर्ने ट्र्याक्टले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलवारलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने ट्र्याक्टर र विन्दवासिनी गाउँपालिका–३ निवासी ट्र्याक्टर चालक दिनेश चौरसियालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस