विश्वप्रसिद्ध जर्मन होम अप्लायन्स ब्रान्ड बोस्चले नेपालमा आफ्नो पहिलो समर्पित बोस्च ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। BSH Home Appliances Pvt. Ltd. ले लक्ष्मी ग्रुपसँगको दीर्घकालीन सहकार्यलाई विस्तार गर्दै ललितपुरको जावलाखेलमा नयाँ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार नयाँ स्टोरमार्फत नेपाली उपभोक्ताले रेफ्रिजेरेटर, फ्रन्ट–लोड वाशिङ मेसिन, डिशवाशर, फुड प्रिपरेशन उपकरण तथा बिल्ट–इन किचन समाधानलगायत बोस्चका प्रिमियम होम अप्लायन्स प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन्। BSH Home Appliances India का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खानले नेपालमा बढ्दो शहरीकरण, उपभोक्ताको जीवनशैलीमा आएको परिवर्तन तथा प्रिमियम प्रविधियुक्त उपकरणप्रतिको आकर्षणले Bosch का लागि दीर्घकालीन सम्भावना सिर्जना गरेको बताए। उनले ‘Invented for Life’ अवधारणाअनुसार दैनिक जीवनलाई सहज बनाउने प्रविधिमैत्री उत्पादन उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।
बोस्चले नेपालमा विशेषगरी फ्रन्ट–लोड वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट–इन किचन उपकरणको बजार विस्तारमा ध्यान केन्द्रित गरेको जनाएको छ। कम्पनीका अनुसार नेपालमा फ्रन्ट–लोड वाशिङ मेसिनले लन्ड्री बजारको ७० देखि ८० प्रतिशत हिस्सा ओगटेको छ भने बदलिँदो जीवनशैलीसँगै डिशवाशरप्रतिको माग पनि बढ्दै गएको छ। लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बोस्चसँगको सहकार्यले नेपाली उपभोक्तालाई विश्वस्तरीय गुणस्तर, नवप्रवर्तन र टिकाउ प्रविधि उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनले Bosch Brand Store सञ्चालनसँगै नेपालमा प्रिमियम होम अप्लायन्स बजार थप विस्तार हुने बताए।
हाल बोस्चका उत्पादनहरू नेपालभर ७० भन्दा बढी डिलर साझेदार तथा २० वटा मोर्डन ट्रेड आउटलेटमार्फत उपलब्ध छन्। कम्पनीले आगामी दिनमा रिटेल सञ्जाल विस्तार, उपभोक्ता शिक्षा, बिक्रीपछिको सेवा तथा नयाँ उत्पादन थप्दै नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस