वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ५३५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १९०६
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३३४
१८० दिनको भारित औसत मूल्यः रू. ८६७.२०
कम्पनीको महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः कुसुम लामा
प्रमुख कार्यकारी अधिकृतः सन्चित बज्राचार्य
प्रधान कार्यालयः तिनकुने, काठमाडौं
शाखाः १८
वेभसाइटः www.prabhuinsurance.com
स्टक स्टिकरः पीआरआइएन
कम्पनीको पछिल्लो पाँच वर्षको परिसूचकहरु (रू. हजारमा)

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

लाभांश विवरण

आधारभूत विश्लेषण 
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
- 
	चुक्तापूँजीको तुलनामा खुद नाफा ७ दशमलव ५८ प्रतिशतवाट घटेर ४ दशमलव ७ प्रतिशतमा सिमित भएकोे छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रू. २५ करोड ४१ लाख रहेको छ । यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३० प्रतिशतले बढी हो ।
- 
	खुद चालू सम्पत्ति ७५ प्रतिशतले बढेर रू. ७९ करोड ३९ लाख रहेको छ भने चालू दायित्व रू. ७४ करोड ७५ लाख पुगेको छ ।
- 
	कम्पनीले पुस मसान्तसम्ममा ९ सय १५ जनालाई रू. २० करोड २५ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ५९ जनालाई रू. १० करोड ९४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
- 
	कम्पनीले पुस मसान्तसम्ममा रू. ४२ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा १३ दशमलव ९३ प्रतिशतले बढी हो । कम्पनीको जारी बीमालेखको सङ्ख्या ३५ हजार २ सय ८ छ भने नवीकरण गरिएको बीमालेखको सङ्ख्या १६ हजार २ सय ४८ रहेको छ ।
- 
	कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ५ मूल्य आम्दानी अनुपात रू. १ सय ६७, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ सय ७४, तरलता अनुपात २ दशमलव ०६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५८ रहेको छ । सोमवारको शेयर मूल्य नेटवर्थको ३ गुणा छ ।
प्राविधिक विश्लेषण
खरीद चापः कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप २ गुणा बढी रहेको छ । सो अवधिसम्म २ हजार ८ सय २० कित्ता शेयर खरीद र १ हजार २ सय ५२ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
सोमवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

२४ डिसेम्बर २०१७ २६ मार्च २०१८
स्ट्याण्डर्ड डेभिएशन

२४ डिसेम्बर २०१७ २६ मार्च २०१८
आरएसआई

२४ डिसेम्बर २०१७ २६ मार्च २०१८
मुभिङ एभरेज

२४ डिसेम्बर २०१७ २६ मार्च २०१८
- 
	मैनबत्ती विश्लेषणः बैङ्ककोे ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृती बनेको छ । यस आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ ।
- 
	आरएसआईः कम्पनीको ५७ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (१४ दशमलव ३२ स्केल)मा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ ।
- 
	स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन २९ दशमलव ०२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
- 
	मुभिङ एभरेजः कम्पनीको ५७ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औषत मूल्यरेखा र २६ दिने औषत मूल्यरेखाभन्दा तल छन् । यदि हालको मूल्य रू. ५ सय ३५ बाट बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ३४ मा प्रतिरोध पाउने देखिन्छ ।
 
                 
                                 
                                 
                             
                                     
                                    



 
                                     
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                        _20251029154633.jpg) 
                                     
                                    _20251030085252.jpg) 
                                     
                                     
                                     
                                    
प्रतिक्रिया दिनुहोस