Like us!
Follow us!
Connect us!
Watch us!
यस्ता छन् सहभागीताका लागि नियमहरु

विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने

मंगलबार, १३ चैत्र २०७४, १७ : ३७ मा प्रकाशित

विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने समूहका सचिव एवं कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

फोटो पत्रकारको योगदानको कदर गर्दै युवा फोटो पत्रकारको मनोबल वृद्धिका लागि प्रोत्साहन गर्न विभिन्न १३ विधामा नगद, ट्रफीसहितको पुरस्कार प्रदान गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लाइफ टाइम एचिभमेन्टका साथै समूहले वर्ष उत्कृष्ट, खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, उपत्यका बाहिर, अनलाइन, स्वतन्त्र र समूहका सक्रिय सदस्य विधामा सो पुरस्कार प्रदान गर्न लागेको हो ।

फोटो पत्रकारिताका क्षेत्रमा लामो योगदान दिइ सेवानिवृत्त रहेका अग्रज व्यक्तित्वलाई रु ५० हजार नगद, ट्रफी र सम्मानपत्रसहितको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने सो समूहले जनाइएको छ ।

त्यस्तै खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, मोफसल, अनलाइन, स्वतन्त्र र समूहको सक्रिय सदस्य विधामध्येबाट उत्कृष्ट ठहर हुने फोटो पत्रकारलाई रु २५ हजार नगद, ट्रफी र सम्मानपत्रसहित वर्ष उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने सो अवसरमा जानकारी दिइयो ।

अवार्डमा सहभागी हुन छापामाध्यममा कम्तीमा एक वर्ष तथा अनलाइनमा छ महिना काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा फोटो पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै समूहले प्रदान गर्ने पुरस्कार छनोट स्वतन्त्र हुन्छ भन्ने मान्यतालाई बचाइराख्न सुझाव दिनुभयो ।

सो अवसरमा वरिष्ठ फोटो पत्रकार विकास रौनियारले पुरस्कारका लागि रकम जुटाउन निकै चुनौती भए पनि समूहका पदाधिकारीको जोश र जागरले सफल हुँदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

अवार्डका विधाहरु

  •  लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७४ः लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील फोटो पत्रकार तथा लामोसमय फोटोपत्रकारीता गरि हाल निवृत्त हुनु भएका हाम्रा गुरुहरु हरुमध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।

  •  वर्ष उत्कृष्ट फोटोपत्रकारीता विधा: विभिन्न ११ वटा विधामध्येबाट उत्कृष्ट ठहर भएका एकजना फोटो पत्रकारलाई यो अवार्ड प्रदान गरिने छ । अवार्डमा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहनेछ ।

  • खेलकुद फोटोपत्रकारीता विधा : यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।

  •  पर्यटन तथा संस्कृति विधा: देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा उतार्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।

  • राजनैतिक फोटोपत्रकारीता विधा: देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।

  •  दैनिक जीवन फोटोपत्रकारीता विधा : समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।

  • मनोरन्जन फोटोपत्रकारीता विधा : मनोरञ्जन क्षेत्रका गतिविधिलाई फोटो मार्फत समाचार बनाउने फोटो पत्रकार यो विधाबाट पुरस्कृत हुनेछन् ।

  • आर्थिक फोटोपत्रकारीता विधा : व्यापार, व्यवसायलगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलाप फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् ।

  • महिला फोटोपत्रकार विधाः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला फोटो पत्रकारहरुमध्येबाट छनौट गरी एकजनालाई यो पुरस्कार वितरण गरिने छ ।

  • उपत्यका वाहिर फोटोपत्रकारीता (मोफसल)  विधा : राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा  कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् ।

  • अनलाईन फोटोपत्रकारीता विधा : विभिन्न अनलाईन समाचार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्ये एकजनालाई  यो विधाको पुरस्कार प्रदान गरिने छ ।

  • स्वतन्त्र फोटोपत्रकारीता विधा : विभिन्न संन्चार माध्ययममा स्वतन्त्र ढंगवाट फोटोको सेवा प्रदान गर्दै आउनु भएका फोटो पत्रकारहरु मध्ये एकजनालाई  यो विधाको पुरस्कार प्रदान गरिने छ ।  

  • एनएफपीजे सक्रिय सदस्य विधा : राष्ट्रिय फोटो पत्रकार समूहका सक्रिय सदस्यमध्ये एकजनालाई यो राशीको पुरस्कार प्रदान गरिने छ ।

माथि उल्लेखित विभिन्न  विधाको पुरस्कार रकम रु  २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ ।

राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४मा सहभागीताका लागि नियमहरु :

  • यो अवार्ड हरेक वर्षको बैशाख १३ मा राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर गरिने छ ।

  • अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने छ ।

  • अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने अनलाईनको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ । आवेदन फारमसँगै  एक प्रति पासपोर्ट साइजको फोटो, कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।

  •  अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संस्थाको आधिकारिक वेवसाइट www.nfpj.org.np मा प्राप्त गर्न सकिने छ । सो आवेदन फारम अनलाईनबाट मात्र भर्न सकिनेछ ।

  •  फोटोपत्रकारको रुपमा कहिले देखि काम गदै आएको हो र उक्त संस्थाको आधीकारीक परिचयपत्रको प्रतिलिपि समावेश गरिनु पर्ने छ ।

  • स्वतन्त्र फोटो पत्रकारको हकमा भने विभिन्न संचार माध्ययमले दिएको  परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

  • देशभर फोटोपत्रकारीमा सक्रिय रुपमा कामगर्ने सम्पूर्ण पत्रकार साथीहरुले सहभागी जनाउन सक्नु हुनेछ ।

अवार्ड छनौटका प्रक्रियाहरु :

  •  विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कार बारे अन्तिम निर्णय लिनेछ ।

  • उत्कृष्ट ५ मनोनयनमा पर्न सफल भएका फोटोपत्रकारहरु संग आयोजकले  मागे (१२ × १८ इन्च) प्रत्येक विधाका ५ ओटा उत्कृष्ट फोटो आवेदकले पठाउन सक्नु पर्नेछ । साथै उक्त फोटोहरु संस्थामा सुरक्षीत रहने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको