Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार लगातार दोस्रो दिन पनि बढ्यो, कारोबार ४ अर्ब माथि

अर्थ संसार

विहीबार, १८ असार २०८३, १४ : ५७ मा प्रकाशित

सेयर बजार लगातार दोस्रो दिन पनि बढ्यो, कारोबार ४ अर्ब माथि

बिहीबार सेयर बजार एकल अंकल अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ८.७८ अंकले बढेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २६६१.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । 

सेन्सेटिभ इन्डेक्स ३.८९ अंकले बढेर ४६२.४७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । आज सेयर बजारमा ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४३ हजार १३१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको