शंखर पहाडी,गौरब
अर्थ संसार, सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउ पालीकाको विभिन्न वडाहरुमा विकास निर्माण कार्य तिब्र गतिमा अगाडि बढेको छ  । गाउँ पालीकाका ७ वटा वडामा विकास निमार्ण कार्यतिब्र गतिमा अगाडि बढेको हो ।
दुर्गम र पाहाडै पाहाड भएका कारण र केन्द्रिकृत सरकार रहेका कारण विकास निर्माण कार्य अगाडि बढ्न नसकी रहेको अवस्थामा  संघिय संरचना अनुसार गाउँ विकास समिति गाउ पालीकामा परिणत भएपछि विकास निमाणले तिब्रता पाएको हो ।
गोलन्जोर गाउँ पालीकाका विभिन्न वडाहरुमा खाने पानी बाटो घाटो विद्यालय तथा विजुली वत्तिको समस्या रहेको भएपनि अहिले संघिय संरचना अनुसार साविकका गाउँ विकास समितिहरु गाउँ पालीकामा परिणत भएपछि बाटो घाटो ,खाने पानी तथा विजुली वति सबै वडाहरुमा पुर्याउने कार्य तिब्र गतिमा अगाडी बढी रहेको गोलन्जोर गाउँ पालीकाका अध्यक्ष पुष्प बहादुर कार्कीले बताउनु भयो ।
कार्कीका अनुसार गोलन्जोर गाउँ पालीकाका सबै वडाहरुमा अहिले बाटो घाटो निमार्ण कार्य लगभग सकिएको छ भने खाने पानी तथा सिचाइ,विजुली वतिृको काम पनि निर्माण गर्ने अन्तिम चरणमा पुगेको छ ।
 गोलन्जोर गाउँ पालीकाको वडा नम्बर ५ को खनियाँ खर्क हुदैँ वडा नम्बर ६,४, ३, २ र १ लार्ई अहिले सिधै पालीकाको सदरमुकाम ग्वाल्टारसंग प्रत्यक्ष जोड्न रिङ्ग रोडको रुपमा बाटो निर्माण कार्य सम्पन्न भएको छ । ३÷४ घण्टा लगायर हिडेर पालीकाको सदरमुकाम आउनु पर्ने बाध्यता बाटो निमार्ण भएपछि टरेको र अरु समस्या पनि क्रमस समाधान गर्दै जाने उहाँको भनाई छ । 
गोलन्जोर गाउँ पालीकाको कार्यालय ग्वाल्टारबाट पालीकाका सबै वडाहरु बाटो निमार्ण भएपछि प्रत्यक्ष जोडिएका कारण अहिले पालीकाबासीलाई आफुहरु पालीका भन्दा टाढा नभएको महसुस हुन थालेको कार्कीले बताउनु भयो ।
निर्वाचनको समयमा  आफुहरुले गोलन्जोर गाउँ पालीकालाई रिङ्ग रोडले घुमाउने प्रतिवद्धता जनाए अनुसार काम गरेको र सो कार्य अहिले सफल भएका कारण पालीकाबासीलाई भन्दा धेरै आफुलाई पनि खुसी लागेको गोलन्जोर गाउँ पालीका वडा नम्बर ३ का वडा अध्यक्ष पुष्कर राज बरालले बताउनु भयो ।
 त्यस्तै  पालीकाका विभिन्न वडाहरुका माथिल्ला क्षेत्रमा खाने पानी तथा सिचाइृ र विजुली बतीको समस्या जारी रहेको भएपनि त्यसलाई पनि केही समय भित्रै समाधन गरिने पालीकाको कार्यालयले जनाएको छ । सुनकोसी नदीबाट लिफ्ट सिचाइृ मार्फत सिचाइृको व्यावस्था गर्ने तयारी भई रहेको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।
गोलन्जोर गाउँ पालीकालाई समृद्ध गाउँ पालीका बनाउने उद्देश्य अनुरुप आफुहरु लागी परेको वडा अध्यक्षहरुको भनाई छ । गाउँ पालीकाको सिमित  बजेटमा विकास निर्माण कार्यले तिब्रता पाएको उनिहरुको भनाई छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस