नेपाल राष्ट्र बैंकले अब संस्थाको वित्तीय सबलताका आधारमा कर्जा निर्धारण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था उल्लेख गरिएको हो।
केन्द्रीय बैंकले आगामी मौद्रिक नीति मार्फत कर्जा सुरक्षणका लागि व्यक्तिगत जमानी बस्दा सिर्जना हुने असिमित दायित्वको अवस्थालाई हटाइने, चेक अनादर का कारण कालोसूचीमा परेर बैंकिङ सेवा पाउनबाट बञ्चित हुने समस्यालाई कम गरिने,रुग्ण उद्योगमा रहेका निष्कृय कर्जाको व्यवस्थापन र दबाबमा परेका अन्य कर्जाहरूको पुनरुत्थानका लागि आवश्यक कदम चालिने, सार्वजनिक सवारीका रूपमा गुड्ने ठूला विद्युतीय गाडी खरिदका लागि कर्जा मूल्य अनुपातलाई सहज बनाइने, सेयर धितो कर्जाको सीमालाई बजार मूल्यको भरमा मात्र नभई सम्बन्धित संस्थाको वित्तीय सबलताका आधारमा निर्धारण गरिने नीति लिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस