Like us!
Follow us!
Connect us!
Watch us!

५ महिना पछि भरि सिलिण्डर ग्यास बेच्दै आएल‌निगम

अर्थ संसार

मंगलबार, ३० असार २०८३, २० : ३३ मा प्रकाशित

५ महिना पछि भरि सिलिण्डर ग्यास बेच्दै आएल‌निगम

नेपाल आयल निगमले भोलि देखि भरि  सिलिन्डर ग्यास  बिक्रि गर्ने भएको छ । ​इण्डियन आयल कर्पोरेशनका विभिन्न प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङमा सुधार आएको र उपभोक्ताबाट १४.२ केजी सिलिन्डरको माग उच्च रहेको भन्दै निगमले भरि सिलिण्डर ग्यास बिक्रि सुरू गरेको हो  । ग्यासको तौल   १४.२ केजी हुने छ ।

इरान अमेरिका युद्दको कारण  ग्यास आपूर्ति सहज बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि ७.१ केजीको सिलिन्डरमा ग्यास भरेर बिक्री गर्दै आएको थियो। हाल केही समयका लागि बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर रहन सक्ने भएकाले उपभोक्तालाई खरिद हुनेगरी गर्दा तौल र मूल्य यकिन गरेर मात्र लिन निगमले अनुरोध गरेको छ।

​ इण्डियन आयल कर्पोरेशनबाट ग्यासको आयात नियमित भइरहेकोले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न निगमकाले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको