Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमी वायुले बद्ली र वर्षा

शुक्रबार, १६ चैत्र २०७४, ०९ : ०० मा प्रकाशित

पश्चिमी वायुले बद्ली र वर्षा

अर्थ संसार, काठमाडौँ–पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ ।

उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

काठमाडौँका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा १७, जुम्लामा १७, जिरीमा आठ, विराटनगरमा छ, पोखरामा पाँच र काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको