कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।
शुक्रबार शीतल निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषकलाई सम्मान र विभिन्न सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
उनले सीमित स्रोत र साधनका बाबजुद पनि सरकारले मल, बिउ, सिँचाइ, प्राविधिक सेवा, पशुपन्छी खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको जानकारी दिइन् । साथै, कृषकहरूले अझै विभिन्न चुनौती सामना गरिरहेको विषयमा मन्त्रालय गम्भीर र सचेत रहेको पनि उनले बताइन् ।
मन्त्री चौधरीले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यममा सीमित नराखी सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकार दृढ रहेको स्पष्ट पारिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस