Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले जनताका अपेक्षा समेट्न सकेन - प्रचण्ड

अर्थ संसार

विहीबार, १४ साउन २०८३, १३ : ५३ मा प्रकाशित

सरकारले जनताका अपेक्षा समेट्न सकेन  - प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको उनको भनाइ थियो ।

बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको प्रचण्डको भनाइ थियो ।

अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो ,’ प्रचण्डले भने, ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन । बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको