Like us!
Follow us!
Connect us!
Watch us!

०६४ को जित सम्झिँदै प्रचण्डले भने - तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ

अर्थ संसार

मंगलबार, २९ बैशाख २०८३, १५ : ०७ मा प्रकाशित

०६४ को जित सम्झिँदै प्रचण्डले भने - तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकल सरकार गठन गरेको रास्वपालाई आफ्नो विगतको अनुभव सुनाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले २०६४ सालको निर्वाचनमा अहिले रास्वपाले पाएजस्तै जनमत प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेको स्मरण गरे।

उनले भने,‘०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ। करिब तपाईंहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन । इतिहासले भनेको छ- संख्या स्थायी हुँदैन ढुक्क हुनुस् । जनताको समर्थन पनि शसर्त हुन्छ उनले भनेजस्तो भएन भने भोलिपल्टै.. । हामीबाट सिक्नुस् । यहाँ निषेध अपमान र प्रतिशोध होइन । विश्वास सहकार्यले प्राथमिकता पाउनुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको