अर्थसंसार, काठमाडौं–मेलम्ची खानेपानी आयोगको अब सुरुङ खन्न ९० मिटर मात्रै बाँकी रहेको छ ।
उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउने मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अब ९० मिटरमात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
सुरुङ निर्माण पूरा हुँदै गए पनि यसले छिट्टै उपत्यकाबासीले पानी पाउने अवस्था भने नभएको पाइएको छ ।
सुरुङ निर्माणपछि गर्नुपर्ने सफाइ, कंक्रिटिङ, ढलान तथा उपत्यकाभित्र पाइपलाइन विस्तार पूरा नभएकाले मेलम्चीको पानी पिउन अझै ३–४ महिना कुर्नुपर्ने देखिएको छ ।
कूल २७.५ किलोमिटर लामो उक्त सुरुङको हाल सफाईको काम पनि भइरहेको छ ।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याउने लक्ष्यअनुसार झन्डै डेढ दशकअघि देखि काम सुरु भएको हो ।
तर, कहिले काम पूरा हुन्छ र यहाँका बासिन्दाले पानी पिउन पाउँछन् । यसको यकिन अहिलेसम्म हुन सकेको छैन ।
सुरुङ मर्मतको  काममा समय लाग्ने हुँदा यसमा ठेकेदारले काम नै सुरु नगरेको ती इन्जिनियरको भनाइ छ । ठेकेदारले विभिन्न बाहना बनाएर काम लम्ब्याउन खोजिरहेको देखिएको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस