अर्थ संसार, काठमाडौँ–नेपाल विद्युत प्राधिकरण सिराहाले पछिल्लो समयमा विद्युत् चोरी नियन्त्रण अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।
चोरी तथा चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा अगाडि नबढाए कारवाही गर्ने प्राधिकरण केन्द्रको कडा निर्देशन पछि सिराहा वितरण केन्द्रले दैनिक जसो नै आक्रामक अभियान चलाइरहेको छ ।
सो अभियानका कारण पछिल्लो दिनमा चोरी तथा चुहावट नियन्त्रण पनि प्रभावकारी रुपमा अगाडि बढेको छ भने असुली पनि राम्रै हुन थालेको छ ।
प्राधिकरणको सिराहा वितरण केन्द्रकाअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चोरी नियन्त्रण अभियानबाट रु ३४ लाख ४९ हजार ७ सय १३ महसुल असुली गरेको छ ।
सोही अवधिमा ५०७ जना चोरी कार्यमा संलग्नलाई समेत कारवाहीको दायरामा ल्याइएको छ ।
उनीहरुबाट २४७ थान पानी तान्ने मोटर, फ्रिज, टिभी लगायत उपकरण समेत जफथ गरिएको छ ।
गत वर्ष ४२.२९ प्रतिशत रहेको चुहावट चालू आवको फागुनसम्म ३७ प्रतिशतमा झरेको छ । गत असोजदेखि हालसम्म हुकिङ तथा चोरेर विद्युत प्रयोग गर्ने ५०० ग्राहकको लाइन काटिएको छ ।
यस्तै काटिएका २५० ग्राहकको पुनः लाइन जोडिएको छ । उनीहरूबाट रु ४० लाख ८७ हजार ९ सय ३२ रकम संकलन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस