Like us!
Follow us!
Connect us!
Watch us!

नदी दोहन रोक्ने सुनकोसी गाउँ पालीकाको निर्णय

बुधबार, २१ चैत्र २०७४, १८ : ०५ मा प्रकाशित

नदी दोहन रोक्ने सुनकोसी गाउँ पालीकाको निर्णय

 शंखर पहाडी,गौरब,

अर्थ संसार, सिन्धुली– सिन्धुलीको सुनकोसी गाँउपालिका अन्र्तगत पर्ने सुनकोसी नदी तिब्रगतिमा दोहन गरि ढुङ्गा बालुवा उत्खनन् गर्न थालेपछि अवैध उत्खनन बन्द गरिने भएकोे छ । सुनकोसी गाँउपालिकाको बैठक बसी सुनकोसी नदीमा अवैध रुपमा भई रहेको उत्खनन् कार्य रोक्ने निर्णय भएको हो ।

ठेक्कामा लागेको भन्दा धेरै अवैध रुपमा नदीको दोहन हुन थालेपछि केहि दिनका लागि नदीमा हुने उत्खनन् सबै बन्द गरिएको सुनकोसी गाँउपालिकाकी अध्यक्ष दिपा बोहोराले जानकारी दिनु भयो ।‘आधिकारीक रुपमा नियम संगत ढङ्गले भएका उत्खनन् भन्दा बाहेकका सबैलाई बन्द गर्ने पालीकाको निर्णय भएको अध्यक्ष बोहोराले बताउनु भयो ।

सुनकोसीमा दैनिक सयौं ट्रिफरले अवैध रुपमा नदी दोहन गर्न थालेपछि गाँउपालिकाले नदीको उत्खननलाई अनुगमन गरि तत्कालका लागि सबै किसिमका उत्खनन् बन्द गर्ने र केहि दिन पछि नियम संगत ढङ्गले हुने उत्खन गर्न दिने निर्णय भएको बोहोराले बताउनु भयो ।

सुनकोसी भित्रको बालुवा बनेपा धुलीखेल र काठमाडौमा महङगो मुल्यमा विक्री वितरण हुने भएपनि स्थानीयबासी सहित ठेकेदारहरूले सुनकोसीको दोहन गर्न थालेका हुन ।

सिन्धुलीको सुनकोसी आसपास सिन्धुली र रामेछापका विभिन्न स्थानबाट ठेकेदारले मनोमानी ढङ्गबाट बालुवा निकाल्न थालेका छन । ठेकेदारले मनपरी रुपमा नदीको दोहन गर्दै जथाभावी ठूला खाल्डा पारी बालुवा ढुङ्गा निकाल्न थालेपछि गाँउपालिकाले त्यसलाई बन्द गरेको अध्यक्ष दाहालले बताईन ।

सिन्धुलीको सुनकोसी गाउँ पालीकाको साँधीबगर र रामेछापको राकाथुम गाँउपालिका बीचबाट प्राकृतिक रुपमा बगीरहेको सुनकोसी नदीलाई मानविय संसाधनको प्रयोग गरि सुनकोसीको पानीनै रामेछापको राकाथुम तिर फर्काएर ठेकेदारहरूले जथाभावी बालुवा उत्खनन् गरेको स्थानीयबासीको आरोप छ ।

सरोकारवालाहरू निकायको अनुगमन पछि अवैध नदी दोहन तत्कालका लागि उत्खनन् बन्द गरिएको थियो। नदी जन्य वस्तुको दोहन जथाभावी गर्न नपाइने भन्दै त्यसलाई रोक्ने काम भएको हो।

सुनकोसीमा  होम पाइप राखि सहजै रुपमा ट्रिपरहरूलाई सुनकोसी वारपार गराउने तथा बालुवा ढुङ्गा वारीपारीकै अवैध रुपमा उत्खनन् गरि बेच्ने काम हुन थालेको स्थानियको आरोप छ । तर सुनकोसी नदीको किनारमा सुनकोसी गाउँ पालीकाकी अध्यक्ष बोहोराको आफ्नै क्रसर उद्योग पनि सञ्चलीत छ ।

सुनकोसी भित्रको बालुवा बनेपा धुलीखेल र काठमाडौमा महङगो मुल्यमा विक्री वितरण हुने भएपनि स्थानीय सहित ठेकेदारहरूले सुनकोसीको दोहन गर्न थालेका हुन्। सिन्धुलीको सुनकोसी सिन्धुली र रामेछापका विभिन्न स्थानबाट ठेकेदारले मनोमानी ढङ्गबाट बालुवा निकाल्न थालेका थिए। ठेकेदारले मनपरी रुपमा नदीको दोहन गर्दै जथाभावी ठूला खाल्डा पारी बालुवा ढुङ्गा निकाल्न थालेपछि गाँउपालिकाले त्यसलाई बन्द गरेको अध्यक्ष बोहोराले बताइन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको