अर्थ संसार, बुटवल– बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ ।
भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । आगलागी विद्युत् (सर्ट) चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो ।
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस