Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने

विहीबार, ३० मंसिर २०७३, ०९ : ५४ मा प्रकाशित

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने

अर्थ संसार 

काठमाडौं–उद्योगमन्त्री नविन्द्रराज जोशी र राज्यमन्त्री कञ्चनचन्द्र वादे पालैपालो दैनिक एक घण्टा उद्योग विभागमा बस्ने भएका छन् । उद्योग विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि निरीक्षणका क्रममा विभाग पुगेका मन्त्री जोशीले विभागबाट हुने कामलाई सहज र सरल बनाउन बिहीबारदेखि पालैपालो बस्न लागेको बताए ।  

मन्त्री जोशीले उद्योग विभागबाट कुन समयमा कति काम सम्पन्न गर्ने, कति शुल्क तिर्नलगाउने लगायतका विषयमा सेवाग्राहीलाई जानकारी दिन नागरिक वडापत्र राख्न पनि कर्मचारीलाई निर्देशन दिए । 

उनले सकेसम्म सेवाग्राहीको कामलाई एकैदिनभित्र सक्न विभागका कर्मचारीलाई आग्रह समेत गरे ।  ‘कर्मचारीको सेवा सुविधाप्रति सरकार कन्जुस्याईँ गर्दैन, तपाईँहरु कामप्रति जिम्मेवार बन्नुहोस्’, मन्त्री जोशीले कर्मचारीलाई भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको