अर्थ संसार काठमाडौं– चैत्र २२ गते बिहीबार साँझको मन्त्रीपरिषद् बैठकले ३० जना सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि यो निर्णय भएको हो ।
गृह मन्त्रालयका नयाँ सचिव प्रेमकुमार राई बन्दा अर्थ मन्त्रालयमा राजन खनाल सचिव बनेका छन् । यी दुई मन्त्रालयमा रहेका सचिवहरु शंकर अधिकारी र मोहनकृष्ण सापकोटा भने क्रमशः उपराष्ट्रपतिको कार्यालय र युवा तथा खेलकुद मन्त्रालय पुगेका छन् ।
अर्थमा ल्याइएका खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । ३० जना सचिव सरुवा हुँदा राजश्व सचिव शिशिर ढुंगाना भने अर्थमै यथावत रहेका छन् । उपराष्ट्रपति कार्यालयमा रहेका लालशंकर घिमिरेलाई प्रधानमन्त्रकिो कार्यालय ल्याइँदा युवा तथा खेलकुदका महेश दाहाल श्रम तथा रोजगार पुगेका छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस