अर्थ संसार, काठमाडौँ–चर्चामा आएको करिब ३० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ मंगलबार ब्रेक थ्रु हुने भएको छ ।
खानेपानी मन्त्रालयकाअनुसार आज सो आयोजनाको कूल २७ किलोमिटर सुरुङ छिचोलिने भएको हो ।
चर्चामा आएको लामो समयसम्म कहिले ठेकेदारले काम नगर्दा तथा कहिले स्थानीयको अवरोधका कारण रोकिदै आएको सुरुङ निर्माणमा उल्लेख्य प्रगति हुन लागेको हो ।
मेल्म्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाकाअनुसार आज राती सुरुङ ब्रेक थ्रू भएको हो ।
सुरुङ खन्न थालेको सात वर्षपछि सुरुङ सकिन लागेको हो । सुरुङ निर्माण सकिएपनि आयोजनाबाट काठमाडौँमा पानी आउन अझै चार महिना समय लाग्नेछ ।त्यसको पछाडिको खास कारण भनेको सुरुङको मर्मत तथा प्लास्टर नै हो ।
यो पनि पढ्नुहोस्
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस