अर्थ संसार, काठमाडौं– नेपाल प्रहरीका डिआइजी रमेश खरेलले राजीनामा दिएका छन् । आफूलाई प्हरी महानिरिक्षक नबनाएको भन्दै उनले आज राजीनामा दिएका हुन् ।
सरकारले मंगलबार मात्रै डिआइजी सर्वेन्द्र खनाललाई महानिरिक्षक बनाएको थियो । आफूलाई काम गर्न अप्ठ्यारो पर्ने भन्दै खरेलले राजीनामा दिएका हुन् ।
सरकारले कार्य सम्पादन मूल्यांकनमा एक नम्बरमा रहेका खनाललाई प्रहरी महानिरिक्षक बनाएपछि नै खरेल राजीनामा दिने मनस्थितीमा पुगेका थिए ।
उनले आजदेखि आफू स्वतन्त्र नागरिकका रुपमा रहने र प्रहरी सेवा भन्दा बाहिरै रहेर काम गर्ने बताएका छन् ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस