Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसीको कारोबार विहीबारदेखि

विहीबार, ३० मंसिर २०७३, १४ : १३ मा प्रकाशित

आरएसडिसीको कारोबार विहीबारदेखि

अर्थ संसार

काठमाडौं–आरएसडिसी लघुवित्तको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार खुला गरेको छ ।  उक्त लघुवित्तले सर्वसाधारणलाई केहि महिनाअगाडि ४ लाख कित्ता साधारण सेयर विक्री गरेको थियो । कम्पनीको नेप्सेमा दश लाख कित्ता सेयर सूचिकृत भएको छ । 

उक्त लघुवित्तको शुरु कारोबार मुल्य रेन्ज नेप्सेले १ सय ११ रुपैयाँदेखि ३ सय ३४ रुपैयाँसम्म निर्धारण गरेको छ । लघुवित्तको आरएसडिसी कोडबाट नेप्सेमा कारोबार हुनेछ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको