अर्थ संसार, काठमाडौं– एप्पल वल्र्ड मोबाइल प्रालीले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको छ । बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ ।  
उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत  विशेष छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
एकै छानामुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेढ दर्जन मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गरिने  छ ।
राजधानीको मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डमा बिश्व बजारमा पाइने ब्राण्डेड तीन सय ५० वटा मोडलका मोबाइलको टच एण्ड फिलजोन रहेका छन् ।
एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्रा्ष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ ।
सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थत मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल, ताम्राकार कम्प्लेक्स न्युरोडको पसल नं १२, १३ र ३३, सिटिसी मलको चौथो तल्लामा द वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा सिटिभी लिंक इलोक्ट्रोनिक्समार्फत मोबाइलको कारोबार गरिरहेको छ ।
 
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस