अर्थ संसार, काठमाडौं – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्ग प्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको तिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उहाँले मुलुकको समृद्घिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिवद्घ रहेको भन्दै उहाँले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
आजको सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत नेपाली उत्पादनलाई बजारसँग जोड्न तथा आम जनताको पहुँचमा पु¥याउन सकिने भनाई राख्नुभयो ।
आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइ पुर्याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै उहाँले सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई लघु, घरेलु तथा साना उद्योग विकासको माध्यम बनाउन पनि उद्योगी÷व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
मुलुकको आर्थिक समृद्घिको मुख्य आधार साना उद्योगहरू भएको भन्दै उहाँले सूचना
प्रविधिमार्फ मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार के के गर्ने ठोस सुझाव ल्याउन आग्रह गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु
तथा साना उद्योगीहरु आधुनिक प्रविधि र विकासको अभावमा हिजोदेखिकै परम्परागत
वस्तु उत्पादनमै सीमित रहेको बताउनुभयो ।
ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको तर कृषि, गैह्रकाष्ठजन्य बन, जडिबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, बैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा संचार प्रविधि लगायत स–साना जलविद्युतमा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय विस्तार गर्ने तर्फ पर्याप्त ध्यान दिन नसककोतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।
अबका दिनमा व्यवसायलाई विविधिकरण गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै अध्यक्ष गिरीले तिनै तहका सरकारले यसमा सहजीकरणको भूमिका खेल्नु पर्दछ भन्ने महासंघको बुझाइ रहेको बताउनुभयो ।
नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासप्रतिको दमित अभिलासा नयाँ सरकार गठन
भएसंगै मुखरित हुन थालेको भन्दै वर्तमान सरकार राजनैतिक स्थायित्व सहित विकास
र आर्थिक समृद्घिको अभियानमा तिब्रतर गतिमा अग्रसर हुने अपेक्षा गरेको उहाँले
बताउनुभयो ।
अध्यक्ष गिरीले विगतको अनुभवमा सरकारले पनि चलिरहेका लघु घरेलु तथा साना
उद्योगहरुको स्तरोन्नती गरि स्वदेशमै रोजगारी श्रृजना गर्ने भन्दा पनि बैदेशिक
रोजगारका लागी सीप विकासमा बढि केन्द्रित भएको बताउनुभयो ।
मुलुकभर करिब ३ लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भइ झण्डै २ लाख ५०
हजार उद्योगहरु सञ्चालनमा रहेको तथ्याङ्क भएता पनि यस्ता उद्योगले कारखानाको
आकार ग्रहण गर्न नसकी आम जनमानसमा यस्त उद्योगहरु पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा यस्ता उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको कारणले यस क्षेत्रमा युवाहरुमा आकर्षण श्रृजना गर्न नसकिएको, सरकारले प्रदान गर्ने सेवा सूविधाहरु पु¥याउन कठिन भएको उहाँले बताउनुभयो ।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, सुरेश प्रधान, सुर्यबहादुर
कँडेल, उपाध्यक्ष अञ्जु उपाध्याय, महासचिव डम्बर रेग्मी, महासंघ काठमाडौंका
अध्यक्ष सीता कार्कीलगायतको सहभागिता रहेको थियो ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस