अर्थ संसार, काठमाडौँ– टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ ।
आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक सफाइ गरेका हुन् । सफाइसँगै वडा नं ३१ मा रहेका खाली जग्गामा उम्रिएको गाँजाको बिरुवा पनि उखेलिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिनुभयो ।
खाली ठाउँमा युवायुवती जम्मा भएर गाँजा माडेर खाँदा उम्रिएका बिरुवा उखेलिएको उहाँले सुनाउनुभयो । सफाइबाट दुई ट्र्याक्टर फोहरसमेत व्यवस्थापन भयो । सफाइमा कलेजका ४० जना छात्रछात्राको सक्रियता थियो । प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएकामा विद्यार्थी नआउने भएकाले शुक्रबार नै सफाइ गरिएको हो ।
मातृशक्ति सफाइ अभियानले ५३ हप्ता पार गरेको छ । सफाइ अभियानले टोल सरसफाइमा जागरण ल्याएको जनाइएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस