अर्थ संसार, काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक हप्तामा अपराध अनुसन्धान र नियन्त्रण सम्बन्धि महत्वपूर्ण तीन एक्सन लिएको छ । डिएसपी दान बहादुर मल्ल दरबारमार्ग प्रहरीको प्रमूख बनेर गएपछि अपराध नियन्त्रणको कामले लिएको हो ।
एक्सन नं. – १
दरबारमार्ग प्रहरीले बहमूल्य वन्यजन्तु रेडपाण्डाको ओसारपसार र बिक्री बितरण गर्ने २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चैत २७ गते लाजिम्पाटबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बाजुरा जुकोट घर भई काठमाडौं मैतीदेवी बस्ने २२ वर्षका धर्मेन्द्र शाही र बाजुरा जुकोट घर भई काठमाडौं बानेश्वर बस्ने २३ वर्षका सुशील शाही रहेका छन् । उनीहरुलाई थप अनुसन्धान र कार्वाहीका लागि जिल्ला बन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।
एक्सन नं. – २
२१ वर्षीय युवतीलाई काममा लगाइदिन्छु भनेर दुवईमा लगेर बेचेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक ज्यामिरे घर भई गौरीघाट बस्ने २७ वर्षका सुगम अधिकारी रहेका छन् ।
उनले २१ वर्षीय युवतीलाई वैदेशिक रोजगारीमा लगाउने भन्दै दुवईमा लगेर बेचेका थिए । घटनाको जानकारी पाएपछि प्रहरीले अधिकारीको खोजी गरी पक्राउ गरेको हो । प्रहरीले अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाएको छ ।
एक्सन नं. – ३
चैत २८ गते रातिको समयमा फोकस डान्स बारमा युवतीलाई अश्लिल काम गर्न बाध्य पार्ने तीन दलाललाई गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । युवतीले घटनाको रिपोर्ट गरेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप पुरानागाउँ घर भई धुलिखेल बस्ने ३५ वर्षका प्रकाश गिरी, २५ वर्षका विकास बस्नेत र २० वर्षका विजय बस्नेत रहेका छन् । तीनै जना अभियुक्तमाथि अनुसन्धान भइरहेको दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले जानकारी दिए ।
दरबारमार्ग क्षेत्रमा ठगी, यौनधन्दा, विदेशी पर्यटकमाथि लुटपाटका घटना व्यापक रुपमा हुने गरे पनि पछिल्लो समयमा प्रहरी कार्वाहीले घटनामा कमि आएको डिएसपी मल्लले बताए । ‘दरबारमार्ग क्षेत्रको शान्ति सूरक्षा सबैभन्दा राम्रो बनाउन हामी लागि परेका छौं । निकट भविष्यमै हामीले अपराधलाई शून्यमा झार्छौं’ डिएसपी मल्लले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस