अर्थ संसार, काठमाडौं– शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बैशाख २१ देखि २५ सम्म संचालन हुने चौंथो राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजन गर्ने भएको छ ।
तेश्रो संस्करणमा पनि सह–प्रायोजकको रुपमा महत्वपूर्ण सहयोग गरेको शिवम् सिमेन्टले पुनः निरन्तरता दिदै सह–प्रायोजक बापत ५ लाख सहयोग गर्ने भएको हो ।
उत्त रकम अन्र्तगत शिवम् सिमेन्टले प्रतिष्ठानलाई नगद  ३ लाख उपलब्ध गराउने छ, भने बाँकी २ लाख वरावरको मञ्च ब्यवस्थापन, लगायत फुटकर खर्चमा मद्दत पुर्याउने अध्यक्ष  रन्जन खड्ले बताउनुभयो ।
काठमाण्डौको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित एक पत्रकार सम्मेलनमा शिवम सिमेन्टका तर्फबाट निखिल अग्रवाल र प्रतिष्ठिानकी संरक्षक माता गमली खड्का बीच सम्झौता–पत्र हस्ताक्षर तथा चेक हस्तान्तरण भएको थियो ।
शिवम सिमेन्ट लिमिटेडले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा विस्तारमा लामो समय देखि महत्वपूण सहयोग गर्दै आईरहेको छ । यस अगाडि शिवम् सिमेन्टको मुख्य प्रायोजनमा शिवम् न्युडायमण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरेको थियो त्यस्तै गरि पछिल्लो समय महिला खेलाडी उत्पादन गर्न चर्चित स्कुल न्यु डायमण्ड एकेडेमीलाई पनि शिवम् सिमेन्टले टिम ब्यवस्थापन को लागि आवश्यक खर्च उपलव्ध गराई टाईटल स्पोन्सर (शिवम न्यू डडाइमन एकेडेमी) गदै आइरहेको छ ।
पछिल्लो समय शिवम सिमेन्टले राष्ट्रिय खेल भलिवलसंग बलियो नाता जोडेको छ । त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन बिभागीय टोलीसँगै शिवम् न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रियभलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ ।
जस अन्र्तगत प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।त्यस्तै प्रतियोगिताको विधागत उत्कृष्टतर्फ “शिवम् सिमेन्ट बेष्ट स्पाईकर” को उपाधि सहित नगद ५ हजारले १ खेलाडी पुरस्कृत हुने छन् भने “शिवम् सिमेन्ट बेष्ट डिफेनस” र “शिवम् सिमेन्ट बेष्ट ब्लकर” को उपाधिले एक–एक खेलाडी जनहि पाँच हजारको दरले पुरस्कृत हुने छन्  । त्यस्तै आफ्नो टिमलाई च्याम्पियन बनाउन सफल प्रशिक्षकलाई “शिवम् सिमेन्ट बेष्ट कोच” को उपाधिले सम्मान गरिने छ ।
शिवम् सिमेण्ट नेपालको ओपिसि सिमेण्टमा अत्यन्तविश्वास गरिएको र पहिलो प्राथमिकतादिइएको सिमेण्ट हो । कम्पनीले हेटौंडामा रहेको जर्मनीको ख्यातिप्राप्तअत्याधुनिकप्रविधि मार्फत आफ्नै चुनढुँगा खानीको प्रयोग गरेर उच्च गुणस्तरको क्लिन्कर र सिमेण्ट उत्पादनगर्ने गरेको छ । कम्पनीले “गुणस्तरको पहिचान हो शिवम सिमेण्ट” र “गुणस्तरमा कहिल्यै सम्झौता नगरौ” भन्ने नारामा अडिग रहँदै आफ्ना उत्पादनहरुलाई प्रस्तुतगर्दै आइरहेको छ ।
बजारभर सर्वत्र सजिलै उपलब्धता भएको र उच्च गुणस्तरीय उत्पादनहरुको बिक्रीवितरणका कारण शिवम् सिमेण्ट आज देशको पहिलो रोजाई बन्न सफलभएको छ । शिवम् सिमेण्टले उच्चकोटीको सेवा र आफ्नो विश्वसनीयतालाई निरन्तर कायम राखेकोले नै राष्ट्रिय महत्व एवम् मान्यता बोकेका योजनाहरुमा योगदानदिन सक्षम भएको छ ।
चक्रपथ विस्तार आयोजना, नेपाली सेनाको नागरिक र जेष्ठहरुको अस्पताल निर्माण आयोजना, विभिन्न जलविद्युत आयोजनाहरु, पुल र सुरुङ्ग निर्माण आयोजनाहरु र अन्य त्यस्ता महत्वपूर्ण आयोजनाहरु शिवम् सिमेण्टको संलग्नता रहेको छ । आइएसओ र एनएस प्रमाणीकरण भैसकेको शिवम् सिमेण्ट राष्ट्रको सेवामा समर्पण भावका साथ समर्पित रहँदै आएको छ ।
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस