अर्थ संसार, काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ ।
पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुले छलफल गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस