अर्थ संसार, काठमाडौं–   यही मे १–३ गते ललितपुरको लबिम मलमा फोर्डको नयाँ गाडी फोर्ड फ्रीस्टाइलको प्रदर्शन गर्ने भएको छ ।
SUV जस्तो डिजाइन , नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण यस फोर्ड फ्रीस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल (Compact Utility Vehicle) हुनेछ ।
फोर्डले ल्याएको यो नयाँ ऋग्ख् ले नेपालमा ह्याचव्याक भन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकहरुमध्ये बढ्दो माग पुर्ति गर्ने आश फोर्डले राखेका छन् । "Do everything and regret nothing " नारा राखिएको फोर्ड फ्रीस्टाइल नयाँ डिजाइन र उच्च कार्य क्षमतायुक्त छ ।
"cool,capable, / connected  फ्रीस्टाइलले सबै क्षेत्रमा रहेका ग्राहकलाई आकर्षित गर्दै आफ्नो बजारको भाग बढाउने अपेक्षा राखेका छन् ।
आकर्षित डिजाइन सहित SUV को स्वभाव आउने फोर्ड फ्रीस्टाइलमा भिन्न खालको three-dimensional mesh को grille राखिएको छ ।
गाडीमा भएको फ्रन्ट बम्परमा स्कीड प्लेट र Fascia section  जोडिएको छ जसले फ्रीस्टाइलको डिजाइन लाई अझै आकर्षित बनाएको छ । फ्रीस्टाइलमा रहेको TiVCT  पेट्रोल इन्जिन सानो,हलुका र शक्तिशाली  हुनका साथै कम इन्धन प्रयोग गरी राम्रो माइलेज प्रदान गर्दछ ।
यसको ९६ PS power  यो सेगमेन्टको सबैभन्दा बढी हो । छ वटा ईयर वाग्स र ईलेक्ट्रोनिक स्टाविलिटी  भएको फोर्ड फ्रीस्टाईल ग्राहहकको सुरक्षाको पनि  ध्यान राखेर बनाएको छ ।
फोर्ड फ्रीस्टाइलमा फोर्डको in-car infotainment  सिस्टम, SYNC 3 र 6.5-inch  टचस्क्रीनको पनि व्यवस्था छ जसले गाडी चालकलाई आफ्नो स्मार्टफोन सँग पुरा कनेक्ट गराउँछ ।
 
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस