अर्थ संसार, काठमाडौँ– उपत्यकामा हुने महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो रहेको बताइएको छ ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको र्याली ’मा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समाज रुपान्तरणका लागि प्रहरीको सेवाले मात्रै नपुग्ने भन्दै यसमा आम समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।
परिसरका प्रमुख पोखरेलले महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बसपार्क क्षेत्रमा दिनहुँ मानव बेचबिखन र यौनजन्य दुव्र्यवहार बढ्दै गएको भन्दै यसलाई रोक्न नगरपालिका प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष शैलेश कार्कीले महिलामाथि हुने यौन हिंसा कमी गर्दै समाज रुपान्तरणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रभागका प्रमुख प्रताप पौडेलले मानव बेचबिखन र यौनजन्य घटना रोक्न प्रभागले गोङ्गबु क्षेत्रमा रहेर महिलाको हकहितमा काम गर्ने संघसंस्थासँग समन्वय गरी संयुक्त ¥याली सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
¥यालीमा मित्रनगर टोल विकास समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, संस्कार समाज नेपाल, धनेश्वरी आमा समूह, महिला उपकार समाज सुधार मञ्च, समाज उत्थान महिला मञ्च, महिलाका लागि महिला मञ्च, शक्ति समूह गोङ्गबु, जनकल्याण सामाजिक केन्द्र, सयपत्री आमा समूह, स्वेत सदन बोर्डिङ स्कूललगायत संघ संस्थाका झण्डै एक हजार जनाको सहभागिता रहेको थियो । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस