Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

शुक्रबार, ०७ बैशाख २०७५, १६ : ०९ मा प्रकाशित

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

अर्थ संसार, काठमाडौँ–मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप  बिच्छ्याइएको छ ।

पहिलो चरणमा ७२० किमी सडकमा पाइप विच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप विच्छ्याइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ््याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप बिच्छ््याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । असार मसान्तसम्म पहिलो चरणको पाइप विच्छ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ । आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताउनुभयो ।

सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ । असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको