Like us!
Follow us!
Connect us!
Watch us!

रजत महोत्सवमा वरिष्ठ चिकित्सक अभिनन्दित (फोटोफिचर)

आइतबार, ०९ बैशाख २०७५, ११ : ४२ मा प्रकाशित

रजत महोत्सवमा वरिष्ठ चिकित्सक अभिनन्दित (फोटोफिचर)

अर्थ संसार, काठमाडौँ– नर्भिक इन्टरनेशनल हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ ।

अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उहाँहरूलाई अभिनन्दन गरिएको हो ।

समारोहमा प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. डि.बी. कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गोङ्गल, डा. एस. के. भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमाङ्गमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराललाई  अभिनन्दन गर्नुभयो ।साथै उहाँले अस्पतालमा दीर्घ सेवा गरेका चारजना कर्मचारीलाई सम्मान गर्नुभयो ।  

अत्याधुनिक हेमोडायलाइसिस सेवा शुभारम्भ

रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवा पनि आजैदेखि शुभारम्भ गरेको छ । उक्त सेवाको प्रदेश प्रमुख कोइरालाले उद्घाटन गर्नुभयो ।
 

उक्त सेवाका विशेषताबारे नर्भिकका वरिष्ठ नेफ्रोलोजिष्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिनुभएको थियो ।पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोहअवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि प्रदेश प्रमुख कोइरालाले विमोचन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले सन् २०३० सम्ममा सबैलाई स्वास्थ्य सेवा पु¥याउने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा नर्भिकले गरेको योगदानको सराहना गर्नुभयो ।

उहाँले राष्ट्रको आजको आवश्यकता भनेको प्रविधि हस्तान्तरण, सेवा विविधिकरण, सार्वजनिक–निजी साझेदारीको विकासमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

समारोहका सभापति एवं अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

अस्पतालका सद्भावनादूत एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले औषधोपचारका लागि अथाह धनराशी विदेशिएको यथार्थ औँल्याउँदै त्यसो हुन नदिन नर्भिकले अनवरत रुपमा  प्रवाह गरेको सेवा अनुकरणीय रहेको बताउनुभयो । अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई मूल मर्म एवं धर्म मानेर आफूहरुले इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।
 
तीस शैयाबाट नर्सिङ होमका रुपमा सेवा सञ्चालन गरेको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक संस्था नर्भिकले हालसम्म ५० लाख जनालाई बरिरङ्ग सेवा उपलब्ध गराएको छ ।

 

5adc264039f01.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको