Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस पराजय वाम गठबन्धनका कारण कार्की

बुधबार, २६ बैशाख २०७५, १० : ३९ मा प्रकाशित

काँग्रेस पराजय वाम गठबन्धनका कारण कार्की

अर्थ संसार, इटहरी– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताउनुभएको छ । 

उहाँले मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदा उक्त कुरा बताउनुभएको हो । उहाँले दुई कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्नु र काँग्रेस चाहिँ दुई पार्टीजस्तो भएर चुनावी मैदानमा जाँदा निर्वाचनको परिणाम यस्तो आएको दाबीसमेत गर्नुभयो । 

पार्टीका प्रभावशाली नेता कार्कीले विगतलाई सम्झेर अब नेपाली काँग्रेसले प्रजातन्त्र र संविधानको पूर्ण पालनासहित कार्यान्वयनमा जोड दिँदै पार्टीको विगतलाई सच्याएर नयाँ र वैज्ञानिक ढंगले अघि बढ्न जरुरी रहेको कुरामा समेत जोड दिनुभयो । उहाँले नेका अहिले पनि देशमा जनविश्वास प्राप्त पार्टी भएकाले आत्तिएर कमजोर अनुभूति नगर्न समेत उहाँले नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । 

सोही अवसरमा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले पार्टी छोडेर असहयोग गर्ने गैरकाँग्रेसीलाई समेत क्रियाशील सदस्यता वितरण भएको भन्दै यस्तो कार्यको अन्त हुनुपर्नेमा जोड दिनुभयो । 

उक्त कार्यक्रममा जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोलेले अब पनि आपसी तिक्तता, मनमुटाव, प्रतिशोध र असमझदारी त्यागेर मेलमिलाप, सहमति र सहकार्यको राजनीति नगर्ने हो भने काँग्रेसप्रतिको विश्वास घट्दै जाने बताउनुभयो । 

क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षेत्रीय सचिव मुरारी भट्टराई, प्रदेशसभा सदस्यका प्रत्यासी बुद्धि कटवाल, भोजपुरका महासमिति सदस्य हेमन्त मुकारुङ, क्षेत्रीय सहसचिव प्रेमकुमार राई, नगर सचिवद्वय श्याम पोखरेल र युवराज शंकरलगायतले बोल्नुभएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको