Like us!
Follow us!
Connect us!
Watch us!

ओली र मोदीले संयुक्त रुपमा आज अरुण तेस्रोको शिलान्यास गर्ने

शुक्रबार, २८ बैशाख २०७५, ०८ : ५७ मा प्रकाशित

ओली र मोदीले संयुक्त रुपमा आज अरुण तेस्रोको शिलान्यास गर्ने

अर्थ संसार, संखुवासभा– बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाकोप्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  संयाुक्त रुपमा काठमाडौंबाटै आज  स्विच थिचेर उद्घाटन गर्नेछन् ।

त्यसका लागि निर्माणस्थल मकालु गाउँपालिकाको नुममा पर्ने फ्याक्सिन्दामा सबैतयारी पूरा भइसकेकोजिल्ला प्रशासन कार्यालयले जनायो। फ्याक्सिन्दालाई भिडियोमार्फत काठमाडौंसँग जोडिनेछ ।

यसको सफल परीक्षण भइसकेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । उनका अनुसार यहाँबाट भिडियो काठमाडौं लिंक गरिनेछ र त्यहाँको भिडियो फ्याक्सिन्दामा देखाइनेछ ।

दुवै प्रधानमन्त्रीले सम्बोधन गरेकोर स्विच थिचेर शिलान्यास गरेको फ्याक्सिन्दामा प्रत्यक्ष देखाइनेछ । त्यसका लागि नेपाल टेलिकमले अप्टिकल फाइबर र रेडियो लिंक सहितको सामग्री पुर्याइसकेको टेलिकम धनकुटाका वरिष्ठ इन्जिनियर राकेश चौधरीलेजनाए ।

शिलान्यासपछि आयोजनाले थप गति लिनेआशा स्थानीयले गरेका छन्। नुमका दुर्गा पराजुली उक्त आयोजनाले१ नम्बर प्रदेशकोमुहार फेर्ने बताउँछन्।

मुआब्जा वितरणपछि पनि निकैढिलो शिलान्यास भएको उनलेबताए । ‘हामी खुसी र उत्साहित छौं,’ उनलेभने, ‘बल्ल आयोजनाले गति लिनेभयो, हाम्रो भाग्य र भविष्य फेरिनेभयो।’ आयोजनाको शिलान्यास संयुक्त रूपमा
हुनेभएपछि आयोजना अघि बढ्नेमा स्थानीय आशावादी बनेकोउनकोभनाइ
छ ।

भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येकोएक अरुण तेस्रोपरियोजनाका लागि जग्गा अधिग्रहणको काम सकिएको प्रशासनले जनाएकोछ । प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम शिलान्यासपछि तोकिएको समयमा काम सम्पन्न हुनेगरी आयोजना निर्माण हुनेछ ।

उनले आयोजनामा स्थानीयलाई प्राथमिकता दिनुपर्ने पनि बताए । ‘अब काम द्रुत गतिमा हुनेछ,’ उनलेभने, ‘पूर्वाधार निर्माणकोकाम अन्तिम चरणमा पुगेकाले पनि सहज भएकोछ  ।’

पाच वर्षमा जलविद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएकोछ । आयोजना स्थलमा भौतिक संरचना निर्माण थाल्नुअघिका सम्पूर्ण प्रक्रिया पूरा भइसकेकोछ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छ्याङुटीबाट दिदिङकोपुखुवा र ड्यामसाइटबाट पावर हाउस जानेलिंक रोड निर्माण भइरहेकोछ ।

पाँचवटा पक्की पुलमध्ये२ वटा निर्माण सम्पन्न भएका छन्। आयोजनाको शिलान्याससँगै  जिल्लाको विकास निर्माणमा नयाँ आयाम थपिनेविश्वास स्थानीयमा छ ।

यस आयोजनाको ६ प्रतिशत सेयर स्थानीयले पाउनेछन्। आयोजना निर्माणका क्रममा संखुवासभा जिल्लाका ६ गाउँ प्रभावित हुनेछन्। भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्ने यो आयोजना भारतीय लगानीमा निर्माणका क्रममा रहेको देशकैठूलो आयोजना मध्येको एक हो।

बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । यसपछि नेपाल सरकारकोपूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ ।

आयोजनालेनुम, पावाखोला, दिदिङ, पाथीभरा, मकालु र याफुका २ सय ६९
परिवारलाई १ अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेकोछ । अनुमानित १ खर्व १६ अर्ब रुपैयाँमा निर्माण हुनेआयोजनालेगत २०७३ साल
चैस महिनाबाट प्रारम्भिक निर्माण कार्य सुरु गरेको हो।

आयोजनाबाट २५ वर्षमा नेपाललाई ३ खर्ब ४८ अर्ब रुपैयाँ प्राप्त हुनेछ । त्यस्तै१ खर्ब १६ अर्ब रुपैयाँ  रोयल्टी, १ खर्ब ६६ अर्बकोनिःशुल्क विद्युत् तथा ८० अर्ब आयकर नेपालले पाउने दाबी गरिएकोछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको