Like us!
Follow us!
Connect us!
Watch us!

ओली जनकपुरमा, मोदी केहि बेरमा

शुक्रबार, २८ बैशाख २०७५, १० : ५१ मा प्रकाशित

ओली जनकपुरमा, मोदी केहि बेरमा

अर्थ संसार, काठमाडौँ–  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् ।

केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्नुहुँदा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुर विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री मोदीको स्वागत गर्ने र त्यसपछि जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पुजाअर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

उहाँले भ्रमणका क्रममा सञ्चारकर्मीहरुको सहज पहुँचका लागि आवश्यक सहजीकरण भइरहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको