Like us!
Follow us!
Connect us!
Watch us!

क्रसर उद्योगले बस्ती जोखिममा

सोमबार, ३१ बैशाख २०७५, १४ : ५१ मा प्रकाशित

क्रसर उद्योगले बस्ती जोखिममा

अर्थ संसार, बनेपा – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवी र कलाँती भूमिडाँडाको गागल आसपासमा सञ्चालन हुँदै आएका ढुंगाखानी र क्रसर उद्योगका कारण यहाँका बस्ती विस्थापित हुने खतरा बढ्दै गएको छ । 

सञ्चालकले ढुंगाखानी र क्रसर उद्योग व्यवस्थित रुपमा सञ्चालन नगर्दा वनजंगललाई समेत असर पुगेको छ । केही परिवार विस्थापित भएका छन् । स्थानीयवासी अर्जुन आचार्य खानीका कारण विभिन्न समस्या झेल्दैआएको बताउनुहुन्छ । 

“आवाज र धुलोले असर गरिरहेको छ, धुलोले बोटबिरुवा ढाक्नाका साथै उब्जनीमा कमी आएको छ,” उहाँले भन्नुभयो, “कोलाहलले राती सुत्न सकिँदैन ।” दूध र तरकारी ढुवानी गर्न समस्या भएको छ । 

पहिरोका कारण पनौती बजारसँगै खोला आसपासको अन्य क्षेत्रमा समेत क्षति पुग्ने देखिन्छ । बस्ति तलतिरबाट ढुंगा निकाल्दा पहिरो जान थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजगार्इंका अनुसार यसै वर्ष दुई परिवार विस्थापित भएका छन् । 

स्थानीय बासिन्दा साधुराम आचार्य खानीका कारण विभिन्न समस्या देखापरेको बताउनुहुन्छ । “गाउँमा बस्न सक्ने स्थिति छैन, चर्को आवाजले ओल्लो घरबाट बोलाएको अर्को घरमा सुनिदैन”, उहाँले भन्नुभयो, “कि त खानी बन्द गर्नुप¥यो कि बस्ती नै हटाउनु प¥यो ।” 

खानीका कारण पहिरो जाने, धुलोका कारण वातावरण प्रदूषित हुँदै जानाका साथै पर्यटकीय क्षेत्रमा प्रदूषण बढ्दै जाँदा पर्यटकको आगमनमा कमी आएको छ । “खानी बन्द गर्नुपर्छ”, तामाङले भन्नुभयो । 

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने जनप्रतिनिधि आउनु अगाडि नै खानी विभागबाट दर्ता भई आएर सञ्चालन गरेका कारण त्यसका लागि केन्द्रले नै पहल गर्नुपर्ने बताउनुहुन्छ । “खानीका कारण खानेपानी आयोजनामा समेत असर गरेको छ, डाँडाडाँडा नै किसानले बेचेर जानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “हामी आएदेखि खानी दर्ता गर्न दिएका छैनौँ ।” 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको