Like us!
Follow us!
Connect us!
Watch us!

शाखा सडकको पहिरोले राजमार्ग अवरुद्ध

सोमबार, ३१ बैशाख २०७५, १५ : ४५ मा प्रकाशित

शाखा सडकको पहिरोले राजमार्ग अवरुद्ध

अर्थ संसार, मलेखु, धादिङ– केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ । 

सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो । गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो । 

राजमार्गबाट शाखा सडक खन्दा आधारभूत मापदण्ड पूरा नगरेका कारण शाखा बाटोमा निकालिएको माटो पहिरोका रुपमा परिणत भई राजमार्गमासमेत क्षति पु¥याएकाले शाखा सडक निर्माण गर्दा ध्यान पु¥याउनुपर्ने भएकाले गाउँपालिकाले योजना सञ्चालनमा समेत विशेष ध्यान दिने गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताउनुभयो । 

सो क्षेत्रमा केही दिनअघि पनि सडक माथिबाट आएको लेदो पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमाथि खनिएका शाखा सडक पहिरो नजाने गरी निर्माण गर्नुपर्ने र वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्ने जरेखेतबासीको भनाइ थियो । 

रागमार्ग क्षेत्रमा रहेको धुनीबेशी नगरपालिका, गल्छी, थाक्रे, गजुरी र बेनिघाटरोराङ गाउँपालिका क्षेत्रबाट २०० भन्दा बढी शाखा सडक खनिएको देखिन्छ । शाखा सडक निर्माण गरिएको हरेक स्थानमा राजमार्ग भत्किएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको