Like us!
Follow us!
Connect us!
Watch us!

शोकमा भक्तपुरका स्थानीय तह बन्द

मंगलबार, ०१ जेठ २०७५, १५ : ५२ मा प्रकाशित

शोकमा भक्तपुरका स्थानीय तह बन्द

अर्थ संसार, भक्तपुर–    प्रदेश नं ३ का प्रदेश सदस्य एवं चाँगुनारायण नगरपालिका– ६ नगरकोट, तेलकोट निवासी हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउँदै जिल्लाका स्थानीय तहअन्तर्गतका कार्यालय बन्द गरिएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको सोमबार बसेको बैठकको निर्णयानुसार स्थानीय तह बन्द भएको हो ।

जिसस र भक्तपुरका नगरपालिकाबाट आधा झण्डा झुकाइएको एवं जिसस तथा नगरपालिका र वडा कार्यालय बन्द गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको