अर्थ संसार, काठमाडौं–हावाहुरीका कारण स्युचाटार– मस्र्याङदी १३२ केभी प्रसारण लाइनको जम्पर टुटेको छ ।
काठमाडौ उपत्यकामा विद्युत् आयात गर्ने उक्त प्रसारण लाइनको जम्पर टुटेपछि काठमाडौँ उपत्यकामा केही समय लोडसेडिङ हुन पुगेको छ ।जम्पर टुटदा काठमाडौँ आयात हुने सम्पूर्ण विद्युत् प्रसारण बन्द भएको छ ।
जम्पर टुट्न गएका कारण मस्र्याङदी करिडोरबाट काठमाडौ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द हुनपुगेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
सो प्रसारण लाइनबाट भरतपुर तर्फ मात्रै १०० मेगावाट बिद्युत प्रसारण भइरहेको छ ।
काठमाडौँको विद्युत् आपूर्तिका लागि कुलेखानी पहिलो र दोस्रो सञ्चालनमा ल्याइएको छ । जम्पर जोड्नकालागी प्राबिधिक टिम स्युचाटार गइसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस