Like us!
Follow us!
Connect us!
Watch us!

काब्रा एक्स्ट्रुसनटेक्निक लि.द्धारा टेक्निकल सेमिनार आयोजना

बुधबार, ०२ जेठ २०७५, १० : ५४ मा प्रकाशित

काब्रा एक्स्ट्रुसनटेक्निक लि.द्धारा टेक्निकल सेमिनार आयोजना

अर्थ संसार, काठमाडौं– भारतको प्रतिष्ठित एवं ठुलो प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनी काब्रा एक्स्ट्रुसनटेक्निक लि.ले प्लाटिक तथा पाइप एवं ब्लोन फिल्म प्लान्टमा भएका आधुनिक प्रबिधीका बारेमा यस क्षेत्रमा काम गर्ने उद्योगी तथा नयाँ व्यवसायीहरुलाई जानकारी दिने उदेश्यले काठमाण्डौमा एक टेक्निकल सेमिनार सम्पन्न गरेको छ ।

करिब ५५ बर्ष देखि सफलतापूर्वक संचालनरत विश्वविख्यात यस कम्पनीले नेपाल लगायत ८५ देशहरुमा करिब १४ हजार आफ्ना मेसिनहरु जडान गरिसकेकोे छ । साथै बिक्री पछिको उच्चस्तरीय मर्मत सेवा र स्पेयर्स पार्टस्को सेवा समेत प्रदान गर्दै आएको छ ।

नयाँ उचाइका साथ अगाडी बढिरहेको काब्रासंग पि.भि.सी तथा पिई पाइपस्को लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ्ग मेसिनको लागि मेकानर, कोरुगेटरस्को लागि युनिकोर लगायत बिदेशी साझेदारी समेत रहेको छ । डिप सिर्चाइको व्यवस्थाको लागि इजरायलसंग समेत साभेदारी गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको