Like us!
Follow us!
Connect us!
Watch us!

धादिङको थाक्रेमा राष्ट्रिय क्यानोनिङ्ग रन्देभू (महोत्सव) र गाईड ट्रेनिङ्ग हुँदै (फोटोफिचर)

विहीबार, ०३ जेठ २०७५, १२ : १९ मा प्रकाशित

धादिङको थाक्रेमा राष्ट्रिय क्यानोनिङ्ग रन्देभू (महोत्सव) र गाईड ट्रेनिङ्ग हुँदै (फोटोफिचर)

अर्थ संसार, धादिङ – नेपाल क्यानोनिङ्ग एशोसिएसनले यहि जुन ३ देखि जुन ७ सम्म क्यानोनिङ्ग गाईड ट्रेनिङ्ग र जुन ८ र ९ तारिखमा क्यानोनिङ्ग रन्देभू धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ६ को रानीझरना (छाँगा) मा गर्ने भएको छ ।

एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ्ग रन्देभू इ.स २०११ मा आयोजना गरेर विश्वको साहसिक पर्यटकको जमातलाई नेपाल तर्पm आकर्षित गरेर पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग पुर्याएको नेपाल क्यानोनिङ्ग एशोसिएसनले आफ्नो बार्षिक कार्यक्रम अनुसार पर्वतिय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

विगत ई.स २०१३ देखि २०१७ सम्मा प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र काकानीमा नेपाल क्यानोनिङ्ग रेन्देभूको आयोजना गरिएको थियो । वार्षिक कार्यक्रमानुुसार  यस वर्ष पनि स्वदेशी तथा विदेशी क्यानोनिङ्ग प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराई राष्ट्रिय क्यानोनिङ्ग रन्देभू कार्यक्रम सम्पन्न गर्नको लागि सम्पूर्ण तयारी भई सकेको छ ।

क्यानोनिङ्ग पर्यटनको विकासका लागि वर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्दा क्यानोनिङ्ग प्रोफेशनलसहरुले एक आपसमा सिपात्मक ज्ञानको साटा साट गरेर दक्षता हासिल गर्ने र पर्यटन व्यवसायीहरुले पनि प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुने भएकोले राष्ट्रिय तहकै पर्यटनको निकै महत्वपूर्ण कार्यक्रममा सम्पूर्ण पर्यटन व्यवसायी तथा सहसिक खेल प्रेमिहरुलाई सहभागिताको लागि पहल गरिएको छ  ।

साथै यस विधालाई सुरक्षित व्यवसायिक विकासका लागि छाँगा वरोहणको तर्फबाट राफ्टिङ्ग जस्तै गरि क्यानोनिङ्ग विधाको पर्यटकीय विकासका गर्न सबै क्षेत्रको सहयोगको  अपेक्षा पनि नेपाल क्यानोनिङ्ग संघले गरेको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रर्वद्धन तथा अन्य पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्था र व्यवसायीहरुको सहयोगमा हुन लागेको यस रन्देभूमा ५०० भन्दा बढि सहभागीहरु हुने छन भने १५ जनालाई आधारभूत तालिम दिईने छ ।

 

5afd242dd3571.jpg 5afd242f8ba72.jpg 5afd24361eecd.JPG 5afd2437cbe18.JPG 5afd243b3cad3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको