Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लोकप्रिय हुवाई नोवा -२ आई अब झन् सस्तो मूल्यमा

विहीबार, ०३ जेठ २०७५, १४ : ०३ मा प्रकाशित

नेपालमा लोकप्रिय हुवाई  नोवा -२  आई अब झन् सस्तो मूल्यमा

अर्थ  संसार, काठमाडौं– मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्ट फोन प्रयोग गर्न चाहनेहरूका लागि खुशीको खबर । हुवाईले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै हुवाई नोवा -२ आई को मूल्य घटाएको छ ।

हुवाई को नोवा -२ आई   नेपालमा सर्वाधिक विक्री हुने स्मार्ट फोनहरूमध्ये एक हो । यो नेपाली बजारमा भित्रिएको पहिलो 4 camera भएको स्मार्ट फोन पनि थियो ।
नेपालमा Nova 2i   ले पाएको भव्य सफलता र नेपाली ग्राहकले देखाएको माया एवं भरोसाको कदर गर्दै Huawei ले यसको मूल्य झन् सस्तो बनाउने निर्णय लिएको हो । पहिले रु ३३,९०० पर्ने यो स्मार्ट फोन अब मात्र रु ३०,९०० मा किन्न सकिन्छ ।

Huawei ले आफ्नो नयाँ उत्पादन ल्यखब घभ नेपालमा भित्र्याएको केही दिनभित्रै Nova 2i को मूल्य घटाई नेपाली ग्राहक वर्गलाई सुखद् आश्चर्य दिन सफल भएको छ ।
अझ आकर्षक मूल्यमा उपलब्ध भए पनि Nova 2i विशेषताहरू भने उही छन् ।  5.9-inch FullView Display स्क्रिन भएको यो स्मार्ट फोनमा भिडियोहरू हेर्दा ठूलो पर्दामा चलचित्र हेरे झैलाग्छ । 4GB RAM, 64GB of expandable storage Kirin 659 processor सुविधाका कारण यो फोन निकै तीव्र गतिमा चल्छ । अड्किने वा आफै बन्द हुने समस्याहरू देखा  परदैनन् । 3,340mAh battery, , finger sensor, android 7.0 operating system hybrid SIM यसका अन्य केही शेषता–सुविधाहरू हुन् ।

नेपाली बजारमा Nova 2i अत्यन्तै चल्नुका कारण यसको dual camera पनि हो । यसको अगाडि र पछाडि दुबैपट्टि क्यामेरा जडान गरिएकाले तस्वीर खिच्दा पृष्ठभूमिलाई मधुरो वा धूमिल -blurr_ गर्न पनि सकिन्छ । यसकारण, जुन व्यक्ति वा बस्तुलाई केन्द्र -focus_ मा राखिएको हो, उसको एकदमै राम्रो तस्वीर आउँछ । सेल्फी त झन् राम्रो आउँछ ।

दुई selfie shooters (13MP/2MP) rear cameras (16MP/2MP) भएको Nova 2i  नेपालमा यति लोकप्रिय छ कि यसको दाँजोमा यो मूल्यका अन्य कुनै स्मार्ट फोन आउँदैन । आफ्ना प्रतिष्पर्धी स्मार्ट फोनहरूलाई Nova 2i   ले सजिलै पछाडि पारेको छ ।

Nova 2i मा आधुनिक क्यामेरा सेटिङहरू पनि उपलब्ध छन्, जस्तै focus feature, wide aperture mode, auto and manual focus features.   व्यवसायिक फोटोग्राफरहरूले प्रयोग गर्ने डीएसएल क्यामेराको जस्तै विशेषताहरू भएको क्यामेरा जडित् यो फोन सही अर्थमा सेल्फी–फोन हो ।

यो स्मार्ट फोन पूरै metal बनेको छ ।  यसकारण हेर्दा र छुँदा पनि साह्रै आनन्द महशुस हुन्छ । अग्लो 18:9 aspect ratio display भएकोले Nova 2i अरु महङ्गा स्मार्ट फोनहरू झैदेखिन्छ । All-metal chassis, a rear fingerprint sensor   र Android 7.0 Nougat   मा आधारित EMUI 5.1  यसका अन्य विशेषताहरू हुन् ।
अहिलेलाई यो स्मार्ट फोन गाढा नीलो - Aurora Blue _,  खैरो–खैरो पाराको कालो (  Graphite Black _ र हल्का सुनौलो - Prestige Gold _ रङहरूमा उपलब्ध छन् ।


समग्रमा यो स्मार्ट फोनमा ती सबै सुविधा–विशेषताहरू उपलब्ध छन्, जुन स्मार्ट फोन पारखीहरूलाई आवश्यक हुन्छन् । हेर्दामा चिटिक्क परेको, भुइँमा खस्दा पनि नफुट्ने, लामो समयसम्म व्याट्री टिक्ने, छरितो र नबिग्रने स्मार्ट फोन अब झन् आकर्षक मूल्यमा उपलब्ध भएपछि नकिन्ने त ?

 

5afd407fd5fad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको