Like us!
Follow us!
Connect us!
Watch us!

ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिण्ट सेन्सर प्याटेन्ट

विहीबार, १० जेठ २०७५, ११ : १५ मा प्रकाशित

ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिण्ट सेन्सर प्याटेन्ट

 अर्थ संसार,  काठमाडौं –ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिण्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ ।

द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो । प्याटेन्ट फाइलिंगका दौरान देखापरेका तस्विर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजल भन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ ।

तस्विर नियाल्दा फिजिकल होम बटन सहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको देखिन्छ । तर, भविष्यमा वास्तवमै सार्वजनिक हुँदा भने यसमा ब्यापक परिमार्जन हुने सम्भावना प्रबल छ ।
तस्विर सहित प्रस्तुत डक्युमेण्ट्सका आधारमा स्क्यानरको प्रयोग उपकरण अनलकका लागि मात्र नभइ भुक्तानी प्राधिकरणका लागि समेत उपयोग हुने देखिन्छ ।

प्रस्तुत प्याटेन्ट तस्विरमा फिंगरप्रिन्ट राख्ने क्रम र औँलाको कुन भागको पहिचान हुने भन्ने देखाइएको छ । तस्विरमा स्क्रिन अन रहेको अवस्थामा समेत यसको प्रयोग गरिएको देखाइएको छ । यसका आधारमा ओपोको नयाँ प्रविधि स्न्यापटिक्सद्वारा विकसित ( ओएलईडी प्यानल मुनी प्रकाश फालेर फिंगरप्रिन्ट क्रेज पढ्ने) प्रविधिभन्दा फरक हुनेछ ।

‘ओपोमा हामी हाम्रा उपभोक्ताहरुका लागि नौला तथा नवप्रबर्तनात्मक प्रविधि विकासका लागि निरन्तर आरएण्डडी प्रक्रियामा खटिरहेका हुन्छौँ । ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्याटेन्टपनि हाम्रो बर्षौँको आरएण्डडीको उपज हो ।

निकट भविष्यमा नै नेपाली उपभोक्तालाई यस नवप्रबर्तनात्मक प्रविधि प्रयोगको मज्जा दिन ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रविधि समाहित उत्पादन ल्याउने हाम्रो योजना छ ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको